Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

बीमा योजना खरिदमा इसेवाको विशेष अफर सार्वजनिक, स्मार्टवाच र स्मार्ट टिभी जित्ने मौका

बीमा योजना खरिदमा इसेवाको विशेष अफर सार्वजनिक, स्मार्टवाच र स्मार्ट टिभी जित्ने मौका


  • 386
    Shares

    बीमा योजना खरिदमा इसेवाको विशेष अफर सार्वजनिक, स्मार्टवाच र स्मार्ट टिभी जित्ने मौका
    images

    काठमाडौं । इसेवाले बीमा योजना खरिद प्रक्रियालाई अझ सहज बनाउँदै विशेष अफर सार्वजनिक गरेको छ। अफर अन्तर्गत इसेवाका प्रयोगकर्ताले इसेवा एपमार्फत विभिन्न बीमा योजना खरिद गर्दा स्मार्टवाच तथा स्मार्ट टिभी जित्ने अवसर पाउने छन्।

    इसेवाका अनुसार यो अफर पौष ३० गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा इसेवा एपमार्फत जीवन बीमा, स्वास्थ्य बीमा, गैरजीवन बीमा, व्यवसाय तथा मोटर बीमा योजना खरिद गर्ने तथा ब्लूबुक नवीकरण गर्ने प्रयोगकर्ता स्वतः पुरस्कार योजनामा सहभागी हुनेछन्। प्रयोगकर्ताले यी बीमा योजनाहरू घरमै बसेर केही क्लिकमै खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

    अफर अन्तर्गत हरेक हप्ता इसेवामार्फत बीमा योजना खरिद गर्ने एक जना भाग्यशाली प्रयोगकर्ताले स्मार्टवाच जित्ने अवसर पाउनेछन् भने अफर अवधि समाप्त भएपछि एक जना विजेतालाई स्मार्ट टिभी प्रदान गरिनेछ। ।

    डिजिटल प्रक्रिया र विश्वासिला बीमा साझेदारमार्फत बीमा योजना खरिदलाई छिटो, सुरक्षित र झन्झटमुक्त बनाइएको इसेवाले जनाएको छ।

    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - १४:३१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij