Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

वाणिज्य विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजारको दरले जरिवाना

वाणिज्य विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजारको दरले जरिवाना


  • 505
    Shares

    वाणिज्य विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजारको दरले जरिवाना
    images

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग तथा फर्मलाई ५० हजारको दरले जरिवाना गरेको छ ।

    उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उत्पादकले प्रत्येक वस्तुको कारखाना मूल्य तथा बिक्रेताले बिक्री वितरण गर्ने प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्यसूची राख्नुपर्ने व्यवस्था छ । उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवसायको हकमा व्यवसाय दर्ता, इजाजतपत्र बिक्रीस्थलमा सर्वसाधारणले देख्ने गरी राख्नुपर्ने व्यवस्था छ । 

    सोही व्यवस्था पालना नगरेको भन्दै विभागले प्रिया स्वीट एण्ड चाट हाउस काठमाडौं महानगरपालिका-३ महाराजगञ्ज र आई क्याफे रेष्टुरेन्ट एण्ड बार टोखालाई ५० हजारको दरले जरिवाना गरेको हो ।

    त्यसैगरी विभागले अन्य १४ वटा फर्मको अनुगमन गरी, निर्देशनात्मक कारबाही गरेको छ । विभागले पछिल्ला दिनमा बजार अनुगमनलाई तीव्र पारेको छ । बजारलाई स्वच्छ बनाउन, कालोबजारीको नियन्त्रण गर्न तथा अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउन क्रियाशील भएको जनाएको छ ।

    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - १४:२३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij