२०८२ पौष ७ गते सोमवार
काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ९पुस ७० प्रदर्शनका क्रममा गिरफ्तार गरिएका ‘जेनजी’लाई प्रहरीले छाडेको छ । नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्याइएका उनीहरूलाई केही बेरमै छाडिएको हो ।
परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईले गिरफ्तारको केही बेरमै रिहा गरिएको जानकारी दिए । “बाटोमा उहाँहरूले केही बेर अवरोध गर्नुभएको थियो । सोही क्रममा केही साथीहरूलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिएको केही बेरमै छोडिसक्यौँ,” एसपी भट्टराईले भने ।
सर्वपक्षीय सरकार गठनको माग राख्दै आन्दोलनको घोषणा गरेका जेनजीलाई जिल्ला प्रशासन कार्यालयले प्रदर्शनको अनुमति दिएको थिएन । अनुमतिविपरीत प्रदर्शनमा उत्रिएकाले हटाउन खोजिएको प्रहरीले जनाएको छ ।
केही जेनजीलाई गिरफ्तार गरिएपछि रिहाइका निम्ति भन्दै आन्दोलनका संयोजक मिराज ढुंगानासहितको टोली परिसर प्रवेश गर्न खोज्दा प्रहरीले ब्यारिकेट लगाएर रोकेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij