२०८२ पौष ७ गते सोमवार
काठमाडौं । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कोष सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो ।
यस अनुसार कोषले ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश दिनेछ । उक्त लाभांश साधारण सभाबाट पारित भएपछि वितरण हुने कोष सञ्चालक समितिका सचिव नवराज खड्काले जानकारी दिए ।
कोषसँग हाल ६ अर्ब ४८ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ । घोषित लाभांश अनुसार ८४ करोड १३ लाख रुपैयाँ बराबरको लाभांश वितरण हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij