Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

महामन्त्री थापा ६ ठाउँबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस

महामन्त्री थापा ६ ठाउँबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस


  • 974
    Shares

    महामन्त्री थापा ६ ठाउँबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस
    images

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा ६ स्थानबाट उम्मेदवार सिफारिस भएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले मङ्सिर १५ गते निर्णय गर्दै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ उम्मेदवार बन्नका लागि मङ्सिर मसान्तसम्म नाम सिफारिस गर्न मातहतका समितिलाई निर्देशन दिने निर्णय गरेको थियो ।

    बैठकको त्यही निर्णय बमोजिम केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले त्यसैदिन मातहतका कार्यालयलाई परिपत्र गरेका थिए । त्यही परिपत्र बमोजिम कांग्रेसका प्रतिनिधिसभा क्षेत्रीय समितिले उम्मेदवार सिफारिस गर्दा महामन्त्री थापाको नाम ६ स्थानबाट सिफारिस भएको हो ।

    थापाको नाम काठमाडौँ–४, रोल्पा, धनकुटा, सर्लाही–४, तेह्रथुम र कपिलवस्तु–१ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएको छ । तेह्रथुम र काठमाडौँ–४ बाट उनको नाम एकल उम्मेदवारका रूपमा सिफारिस भएको छ । बाँकी क्षेत्रमा भने थापासँगै अन्य नेताहरूको नाम पनि सिफारिस भएको छ ।

    थापा यसअघि ४ कार्यकाल प्रतिनिधिसभा सदस्य भएर काम गरिसकेका छन् । उनी ३ पटक प्रत्यक्ष जितेर र एक पटक समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य बनेका थिए ।  थापा २०६४ सालमा भएको पहिला संविधानसभामा समानुपातिक प्रणालीबाट सांसद बनेका थिए भने २०७०, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–४ मा प्रत्यक्षतर्फ कांग्रेसका तर्फबाट उम्मेदवार बनेर जित्दै आएका छन् ।

    अहिले पनि काठमाडौँ–४ बाहेक अन्य स्थानबाट उम्मेदवार सिफारिस भए प्रतिस्पर्धा पुरानै क्षेत्रबाट गर्ने तयारीमा थापा छन् । थापाको सचिवालयले सिफारिस गर्ने ठाउँका नेताहरूलाई सिफारिस गरेकोमा धन्यवाद दिँदै पुरानै स्थानबाट उम्मेदवार बन्ने बताएको थानकारी दिएको छ । 

    प्रकाशित मिति :पौष ४ २०८२ शुक्रवार - १७:१३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij