Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली

एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली


  • 981
    Shares

    एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
    images

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताउनुभएको छ । 


    शुक्रवार ११ औ महाधिवेशनबाट निर्वाचित पार्टी केन्द्रिय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले सो टिप्पणी गर्नुभएको हो । अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक, साच्चो कम्युनिष्ट पार्टी भएको जिकिर गर्दै त्यसका हरेक सदस्यहरुले कडा अनशासनमा रहेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले पार्टीको सामुहिक प्रयासबाट निकालिएका नीति विपरित नचल्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । अध्यक्ष ओलीले पार्टीको बैठकमा मोबाइल चलाउने काम नगर्न पनि नेता, कार्यकर्तालाई निर्देश गर्नुभयो । 


    उहाँले भन्नुभयो,‘एमाले जस्तो साँचो कम्युनिष्ट पार्टी । यो झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरण, नक्कली अर्कै कामवाला पार्टी होइन । यस्तो पार्टीको साँच्चै दृढ अनुशासन चाहिन्छ । म कमरेडहरुलाई भन्न चाहन्छु–हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो । त्यसकारण हरेक व्यक्ति स्वतन्त्र छ । हरेक व्यक्ति आफ्नो अध्ययन, आफ्नो चिन्तन, आफना विचार, आफ्ना निष्कर्षहरु निकाल्न पाउँछ । र योगदान गर्न पाउँछ । तर पार्टीका नीति, निर्णय भन्दा विपरित स्वतन्त्रताको नाममा आफ्नो अध्ययन र निष्कर्षका नाउमा पार्टीका नीति, निर्णय, जो हाम्रा सामूहिक बलबाट, प्रयासबाट निकालिएका छन । ती सामूहिक प्रयासका विरुद्ध मेरा निजी कुरा भनेर सामूहिक हितका विरुद्ध मेरो निजी हित भनेर राष्ट्रिय स्वार्थका विरुद्ध मेरो निजी स्वार्थ भनेर चल्न हुँदैन । त्यसलाई अनुशासन भनिदैन । र त्यो अनुशासन पनि होइन । बैठकमा मोलाईल बज्न हुँदैन ।’ 


    अध्यक्ष ओलीले राष्ट्रिय स्वार्थ विपरितका गतिविधि पार्टीका कुनैपनि समस्यले गरे सह्य नहुने समेत बताउनु भयो ।

    प्रकाशित मिति :पौष ४ २०८२ शुक्रवार - १६:५१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij