Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

छुरा प्रहार गरी युवकको हत्या  

छुरा प्रहार गरी युवकको हत्या  


  • 7.7K
    Shares

    छुरा प्रहार गरी युवकको हत्या  
    images

    विराटनगर । आपसी विवादका क्रममा छुरा प्रहार गरी मोरङ लेटाङमा शुक्रबार राति एक युवाको हत्या गरिएको छ । 

    लेटाङ नगरपालिका-३ का २२ वर्षीय रोमन राईको छुरा प्रहारबाट मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

    राईका अनुसार लेटाङ-३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले राति ८ः४५ बजेतिर रोमनमाथि छुरा प्रहार गरेका हुन् । 

    लेटाङकै त्रिशूली चोकमा दर्जी र लिम्बूको विवाद रोमनसँग भएको थियो । विवादकै क्रममा दुईजनाले छुरा प्रहार गरेको जानकारी डीएसपी राईले दिए । 

    घाइतेलाई उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याउँदै बाटैमा राति साढे १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । 

    इलाका प्रहरी कार्यालय लेटाङको टोलीले घटनापछि फरार रहेका दर्जी र लिम्बूलाई लेटाङबाट शनिबार बिहान पक्राउ गरेको छ । 

    प्रहरीका अनुसार हत्या गरिएका रोमन लेटाङमै पुल हाउस सञ्चालन गरेर बस्थे । ट्याक्टरलगायतका ढुवानीका साधनको खोजी गरेर ढुंगा, बालुवासमेत निर्माण सामग्री ढुवानीका लागि ठेक्कामा लगाउने काम पनि उनले गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ १ २०७८ शनिवार - ११:५५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij