२०८२ फाल्गुण २६ गते मंगलवार
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ।
सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँ रहेको थियो भने एकै दिन सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले बढेको हो।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँ पुगेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ९०४ रुपैयाँ कायम भएको छ।
सोमबार चाँदी प्रतितोला ५ हजार ४१० रुपैयाँले बढेको महासंघले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij