२०८२ फाल्गुण २६ गते मंगलवार
धनगढी । आफ्नै गोठमा मृत भेटिएकी महिलाको हत्या श्रीमान्बाटै भएको खुलेको छ ।
होलीको दिन गत हप्ता मंगलबार कैलालीको भजनी नगरपालिका–९ खुरुरियामा ५० वर्षीया मानादेवी चौधरी आफ्नै गोठमा मृत फेला परेकी थिइन् ।
शरीरमा चोटपटक लागेको अवस्थामा मृत भेटिएकी चौधरीको हत्या उनका श्रीमान् ५५ वर्षीय प्रेमलाल चौधरीले गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
आपसी विवादका क्रममा प्रेमलालले श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।
आमाको हत्यापछि उनका छोरा मगरु चौधरीले बुबाविरुद्ध कारबाहीको माग गर्दै कर्तव्य ज्यान शीर्षकमा जाहेरी दिएका छन् । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij