Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

‘माइतीघर–२’का भारतीय निर्देशक सुबोध चोपडाको कोरोनाका कारण निधन

‘माइतीघर–२’का भारतीय निर्देशक सुबोध चोपडाको कोरोनाका कारण निधन


  • 12.5K
    Shares

    ‘माइतीघर–२’का भारतीय निर्देशक सुबोध चोपडाको कोरोनाका कारण निधन

    काठमाडौं । चलचित्र ‘माइतीघर–२’ निर्देशनको तयारीमा रहेका भारतीय निर्देशक सुबोध चोपडाको मुम्बईमा निधन भएको छ । कोरोना संक्रमणका कारण उनको निधन भएको अभिनेता भुवन केसीले बताएका छन् । 

    “कोरोनाका कारण भारतीय फिल्मका लेखक तथा निर्देशक सुबोध चोपडाको मुम्बईमा निधन भएको खबरले स्तब्ध भएको छु । ‘माइतीघर २’ उहाँको ड्रिम प्रोजेक्ट थियो र यो महामारी सकिने बित्तिकै यसको काम थाल्ने भनेर केही दिन अघि मात्र पनि कुरा भएको थियो,” भुवन केसी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “तर, अचानक यस्तो दुःखद् खबर सुन्दा विश्वास गर्न पनि सकिइरहेको छैन । ‘माइतीघर–२’ उहाँको प्यासन प्रोजेक्ट भएकाले श्रद्धाञ्जली स्वरुप भए पनि यो फिल्म पूरा गर्ने वाचा गर्दछु ।”

    भुवनले सुबोधसँग खिचेको अनमोल र आफ्नो तस्बिर पनि सामाजिक सञ्जालमा राखेका छन् । भुवन कोरोना संक्रमणको माहामारी सकिनबित्तिकै ‘माइतीघर–२’ छायांकन गर्ने तयारीमा थिए ।  

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - १७:०८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij