२०८२ भाद्र ३ गते मंगलवार
बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप तीन संक्रमितको मृत्यु भएको छ । अस्पतालको इमरजेन्सी र कोरोना विशेष अस्पताल रामनगरमा तीन जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
बुटवल ६ का ५७ वर्षीय पुरुषको शुक्रबार बिहान साढे ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानाकारी दिए ।
त्यस्तै, बुटवल ११ का ५५ वर्षीय पुरुषको बिहीबार राति साढे १० बजे र सैनामैना ९ का ८५ वर्षीय पुरुषको बिहीबार राति साढे ११ बजे मृत्यु भएको उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij