२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । भारतले नेपालमा ठूला दरका भारतीय नोट चलाउन अनुमति दिएको छ । भारतीय रिजर्भ बैंकले भारतको केन्द्रीय राजपत्रमा सूचना प्रकाशन गर्दै १०० रुपैयाँ भन्दा ठूलो दरका नोटको कारोबारमा रहेको प्रतिबन्ध हटाएको हो ।
भारथीय केन्द्रीय गजेटमा प्रकाशित सूचनामा भनिएको छ, ‘नेपाल वा भुटानबाट भारत यात्रा गर्ने व्यक्तिले रु १०० भन्दा माथिका दरका नोटहरू कुल रु २५ हजार को सीमासम्म साथमा बोक्न सक्नेछन् ।’
भारतमा अहिले रु २००० दरका नोटसम्म चलनचल्तीमा ल्याएको छ, तर नेपालमा चलनचल्तीको अनुमति थिएन । अब भने सबै प्रकारका नोटको चलनचल्तीको अनुमति प्राप्त भएको हो । नेपालबाहेक यो सुविधा भुटानलाई पनि दिएको हो। यो व्यवस्थाले नेपाल र भारत दुवै देशका नागरिकलाई सुविधा पुग्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए ।
केही समयअघि भारतीय रिजर्भ बैंकले मौद्रिक नीतिमा संशोधन गर्दै नेपाली व्यवसायीहरुलाई भारतीय बैंकमार्फत् ऋण दिने बाटो खुला गरेको थियो ।
यद्यपि भारतीय पर्यटकले नेपालमा आउँदा २५ हजार रुपैयाँ भारुसम्म मात्रै बोक्न पाउने सीमालाई भने यथावत नै राखिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij