Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

अब लघुवित्तबाट १५ लाखसम्म ऋण लिन पाइने

अब लघुवित्तबाट १५ लाखसम्म ऋण लिन पाइने


  • 736
    Shares

    • images
    अब लघुवित्तबाट १५ लाखसम्म ऋण लिन पाइने

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले लघु वित्तले धितो दिने कर्जाको सीमा बढाएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको समीक्षामा लघु वित्तको धितो कर्जा सीमामा नीतिगत परिर्वतन गरेको हो ।

    राष्ट्र बैंकका नीतिगत व्यवस्थामा भनिएको छ, लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाख रुपैयाँबाट वृद्धि गरी १५ लाख रुपैयाँ कायम गरिनेछ,’।

    राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखेको भन्दै कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने समेत आफ्‌नो नीतिमा उल्लेख गरेको छ ।

     

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - १२:५८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij