Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

देउवाले बोलाए पदाधिकारी बैठक, तनहुँ घटनाबारे छलफल हुने

देउवाले बोलाए पदाधिकारी बैठक, तनहुँ घटनाबारे छलफल हुने


  • 8.3K
    Shares

    देउवाले बोलाए पदाधिकारी बैठक,  तनहुँ घटनाबारे छलफल हुने

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन्। तनहुँ घटनाका विषयमा छलफल गर्न बैठक डाकिएको बताइएको छ।

    नेता अर्जुनरसिंह केसीले भने, "छलफलको एजेण्डा विस्तृतमा जानकारी भएको छैन। तनहुँ घटनाबारे छलफल गर्ने भनिएको छ ।" बैठक दिउँसो २ बजे सभापति निवास बुढानीलकण्ठमा बोलाइएको छ।

    गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न गएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। बुधबार तनाव उत्पन्न भएपछि बिहीबार  पौडेलले नै व्यास नगरपालिकामा निर्माण गरिएको पुल उदघाटन गरेका थिए। 

    संघीय सरकारलाई जानकारी नै नदिई उद्घाटन गर्न लागिएको भन्दै नेकपा कार्यकर्ता विरोधमा उत्रेका थिए ।

    प्रकाशित मिति :मंसिर १९ २०७७ शुक्रवार - ११:२३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij