Logo

२०८२ कार्तिक २६ गते बुधवार

२०८२ कार्तिक २६ गते बुधवार

नागरिक र वैदेशिक रोजगार बचतपत्रबाट ऋण उठाउन सुरु

नागरिक र वैदेशिक रोजगार बचतपत्रबाट ऋण उठाउन सुरु


  • 400
    Shares

    नागरिक र वैदेशिक रोजगार बचतपत्रबाट ऋण उठाउन सुरु
    images

    काठमाडौं । सरकारले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रबाट ऋण उठाउन सुरु गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार यी बचतपत्र निष्काशन गर्दै आवेदनका लागि सार्वजनिक आह्वान गरेको हो । 

    कार्यालयले २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको जनाएको छ भने नागरिक बचतपत्रको ब्याजदर ६.५ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको ब्याजदर ७.५ प्रतिशत हुने भएको छ । दुवै प्रकारको बचतपत्रको अवधि ५ वर्षको हुने भएको छ ।

    यसका लागि मंसिर २८ गतेसम्म नेपाली नागरिक र गैर आवासीय नेपालीले आवेदन दिनसक्ने छन् । लगानीकर्ताले कार्यालयको वेभसाइटमा गई आवेदन दिनुपर्ने र त्यस्तो आवेदकलाई बजार निर्माताले रुजु गर्नुपर्ने व्यवस्था रहेको छ ।

    रकम बाँडफाँट नभएसम्म व्यक्तिको खातामै रोक्का रहनेछ । बाँडफाँट भएको दिनदेखि तोकिएको दरमा ६\६ महिनामा ब्याज प्रदान गरिने कार्यालयले जनाएको छ ।

    सरकारले बजेटमा व्यवस्था गरेको आन्तरिक ऋणको औजारको रुपमा नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रलाई समेत लिने गरेको छ । ट्रेजरी बिल र विकास ऋणपत्रमार्फत् बैंक तथा वित्तीय संस्थासँग ऋण लिने गरिन्छ ।

    प्रकाशित मिति :कार्तिक २५ २०८२ मंगलवार - १०:४७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij