Logo

२०८२ कार्तिक २६ गते बुधवार

२०८२ कार्तिक २६ गते बुधवार

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो


  • 456
    Shares

    अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो
    images

    काठमाडौं । पूर्वी पहाडी भेगको प्रमुख नगदे बाली अलैँचीको मूल्यमा पछिल्लो समय वृद्धि भएको छ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलो) एक लाख नाघेको छ ।

    गुणस्तरीय अलैँची प्रतिमन आज रु एक लाख दुई हजारमा कारोबार भएको अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिएका छन् । शनिबार प्रतिमन ९६ हजार रहेको अलैँचीको मूल्य अपराह्नपछि प्रतिमन दुई हजारले बढेर ९८ हजार पुगेको थियो । आज फेरि प्रतिमन रु चार हजारका दरले वृद्धि भई रु एक लाख दुई हजार पुगेको उनले बताएका छन् ।

    असोज दोस्रो सातासम्म प्रतिमन  ८५ हजारमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनाको अवधिमा १५-१७ हजारले वृद्धि भएको छ । नयाँ उत्पादन सुरु भएपछि ८० हजार प्रतिमनबाट कारोबार सुरु भएको अलैँचीको मूल्यमा यस वर्ष अपेक्षाकृत वृद्धि भएको व्यवसायीहरू बताउँछन् । नेपालमा उत्पादित अलैँची भारतीय बजार हुँदै तेस्रो मुलुक निर्यात हुने गर्दछ । 

     

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - १३:३८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij