Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

वीरगञ्ज नाकाबाट तीन महिनामा दुई हजार बढी विद्युतीय सवारी आयात

वीरगञ्ज नाकाबाट तीन महिनामा दुई हजार बढी विद्युतीय सवारी आयात


  • 960
    Shares

    वीरगञ्ज नाकाबाट तीन  महिनामा दुई हजार बढी विद्युतीय सवारी आयात

    काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९  विद्युतीय जीप,कार र भ्यानहरु आयात भएका छन् । 

    गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भने विद्युतीय सवारीसाधनको आयात ह्वातै बृद्धि भएको छ ।  गत आवको तीन महिनामा भने ९७  मात्रै विद्युतीय जीप,कार र भ्यानहरु आयात भएको थियो । 

    सर्वसाधारणको विद्युतीय सवारीसाधनप्रतिको आकर्षण र चीनको सीमा नाका हुँदै आउने सडकको अवस्था दयनीय भएपछि यो नाका हुँदै हुने आयातमा बढोत्तरी भएको हो । चालु आर्थिक वर्षको तीन महिनामा विद्युतीय जीप,कार र भ्यान आयातबाट ४५ करोड ७२ लाख राजस्व सङ्कलन भएको छ । 

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली पनि पछिल्लो समय विद्युतीय सवारीसाधनको आयातमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । गत आर्थिक वर्षको तीन महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै रु १४ करोड ४९ लाख मूल्य पर्ने ९७ वटा विद्युतीय जीप,कार र भ्यानहरु आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारीसाधनआयातबाट ९ करोड ११ लाख मात्रै राजस्व सङ्कलन भएको थियो ।  

    चालु आर्थिक वर्षको तीन महिनामा २८ करोड ७९ लाख मूल्य पर्ने दुई हजार एक सय ९४ विद्युतीय मोटरसाइकल आयात भएको छ । जबकी गत आवको तीन महिनाको अवधिमा भने २१ करोड १७ लाख मूल्य पर्ने एक हजार चार सय ८१  विद्युतीय मोटरसाइकल आयात भएको थियो । 

    प्रकाशित मिति :कार्तिक २० २०८२ बिहिवार - १४:२३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij