२०८२ माघ ७ गते बुधवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सुनको मूल्यमा लगातार पहिरो गइरहेको छ। नेपाली बजारमा आज फेरि सुनको मूल्य तोलामा २९ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन २ लाख ३७ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको छ । आज चाँदी २ हजार ९२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी २ हजार ९८० रुपैयाँमा किनबेच भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij