Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

५५५ शिक्षक दरबन्दी मिलान, कोरोना महामारीका कारण दरबन्दी मिलान नरोकिने

५५५ शिक्षक दरबन्दी मिलान, कोरोना महामारीका कारण दरबन्दी मिलान नरोकिने


  • 28.2K
    Shares

    ५५५ शिक्षक दरबन्दी मिलान,  कोरोना महामारीका कारण दरबन्दी मिलान नरोकिने

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हाल सम्म ५५५ वटा शिक्षक दरबन्दी मिलान गरेको छ । जिल्लाभित्रै बढी भएको र थप भएको तथा एउटा स्थानीय तहबाट कटौती गरी अर्को स्थानीय तहमा थप गरी दरबन्दी मिलान गरेको हो ।

    पहिलो लटमा १ सय ८४ , दोस्रो लटमा २ सय ७१ र तेस्रो लटमा १ सय दरबन्दी मिलान भइसकेको छ । त्यसै गरी चौथो लटको लागि करीब ९० प्रतिशत दरबन्दीको विवरण आएको र १ सय दरबन्दी पुगे पछि दुई चार दिनमा चौथो लटको दरबन्दी मिलान गरिने केन्द्रका शिक्षक व्यावस्थापन समन्वय शाखाका निर्देशक बसन्त प्रसाद कोइरालाले बताए ।

    कोरोना महामारीको विचमा पनि दरबन्दी मिलानको कार्य नरोकिने र आर्थिक वर्ष भित्रै दरकन्दी मिलानको काम सक्ने गरी तयारी गरेको निर्देशक कोइरालाले बताए । उनले भने “हाम्रो उदेश्य भनेको शिक्षक भन्दा रिक्त दरबन्दी सार्ने रहेको छ ।”

    त्यसै गरी शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधिका आधारमा स्थानीय तहमा स्वीकृत मापदण्डको आधारमा बढी हुन आउने दरबन्दीहरू थप हुन जाने स्थानीय तहमा पठाउने गरी मिलान गरिएको केन्द्रले जनाएको छ । यदी दरबन्दी नपुगेको खण्डमा आफ्नो तारगेट पुरागर्न निवृत्तिभरण हुन चाहानेलाई प्रोत्साहन रकम दिएर तारगेट पुरा गर्ने तयारीमा पालिकाहरु लागेको केन्द्रले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - २०:५३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij