Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित

विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित


  • 7.9K
    Shares

    विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित

    काठमाडौँ । आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित गरिएको छ ।

    तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच गत वर्ष मंसिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो ।

    तर मुलुकमा कोरोना भाइरस संक्रमणको तीब्र फैलावटले अत्यन्तै प्रतिकूल अवस्था सिर्जना गरेको र ठुलो संख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन जेठमा गर्न नसकिने निर्णय गरेको विवेकशील साझाले जनाएको छ ।

    परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को तिथि तय गरिने पनि बैठकले निर्णय गरेको छ ।उक्त बैठकले कोरोना कहरले सिर्जना गरेको यो परिस्थितिसँग जुध्न सरकारलाई सक्दो मद्दत गर्ने निर्णय समेत गरेको छ ।

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १४:४६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij