Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ईसिडी शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउन शिक्षा मन्त्रालयले आग्रह गरे पछि अर्थमन्त्री सकरात्मक

ईसिडी शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउन शिक्षा मन्त्रालयले आग्रह गरे पछि अर्थमन्त्री सकरात्मक


  • 71.1K
    Shares

    ईसिडी शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउन  शिक्षा मन्त्रालयले आग्रह गरे पछि अर्थमन्त्री सकरात्मक

    काठमाडौं । प्रारम्भिक वालविकास कक्षा सहयोगी (ईसिडी) शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउन अर्थमन्त्रालय सकरात्मक देखिएको छ । विगत पाँच वर्ष देखि प्रारम्भिक वालविकास कक्षा सहयोगीको तलब बढाउन शिक्षा मन्त्रालयले आग्रह गरे पनि मन्त्रालयले वेवास्था गर्दे आएकोमा यो वर्ष भने अर्थमन्त्रालय सकरात्मक देखिएको हो ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक वालविकास कक्षा सहयोगी (ईसिडी) शिक्षकलाई कम्तीमा प्रावि शिक्षक सरह तलब दिन अर्थ मन्त्रालयलाई दबाब दिदै आएको मन्त्रालय स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार प्रारम्भिक वालविकास कक्षा सहयोगी (ईसिडी) शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउन शिक्षा मन्त्री आफै निरन्तर लागि परेको जनाएको छ ।

    ईसिडी शिक्षक र विद्यालय कर्मचारीको तलबका विषयमा आगामि बजेटमा माग सम्बोधन हुने जानकारी दिनु भएको छ ।

    लामो सामयदेखि ईसिडी शिक्षक र विद्यालय कर्मचारीहरुले श्रम ऐन अनुसार पनि पारिश्रमिक नपाएको र न्युन पारिश्रमिकमा काम गर्नु परेको गुनासो गर्दै आईरहेका छन् । हाल देशभरमा करीब बत्तिस हजार प्रारम्भिक वालविकास कक्षा सहयोगी शिक्षक रहेका छन् ।

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - ०८:०८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij