Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

बागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा


  • 960
    Shares

    बागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

    काठमाडौं ।  बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ । भक्तपुरमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशका १३ वटै जिल्लाहरूले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरू प्राप्त गरेको सुनिश्चित गरिसकेको बताएका छन् ।

    प्रधानमन्त्री ओलीले राष्ट्रिय खोप समन्वय समितिबाट बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण समेत भइसकेकाले बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेका छन् । 

     

    प्रकाशित मिति :श्रावण १६ २०८२ शुक्रवार - १४:०९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij