२०८२ भाद्र १ गते आइतवार
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले वरिष्ठ नेता पौडेललाई तनहुँको व्यास नगरपालिका १ तालघरेबाट नियन्त्रणमा लिएको हो ।
तालघरे र दुम्सी जोड्ने पुलको कांग्रेस वरिष्ठ नेता पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । तर, प्रशासनले भने पुलको उद्घाटन रोक्न भनेको थियो । झडप र तनाव हुन नदिन निषेधाज्ञा जारी गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सागर आचार्यले जानकारी दिए ।
तनहुँमा पुल उद्घाटन कार्यक्रमका क्रममा कांग्रेस र नेकपानिकट युवा संघबीच विवाद भएपछि निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको बताइएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij