Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

नेपालले जापान सहित १० देशमा गर्‍यो २३ करोड ७५ लाखको यार्सागुम्बा निर्यात

नेपालले जापान सहित १० देशमा गर्‍यो २३ करोड ७५ लाखको यार्सागुम्बा निर्यात


  • 1.9K
    Shares

    नेपालले जापान सहित १० देशमा  गर्‍यो २३ करोड ७५ लाखको यार्सागुम्बा निर्यात

    काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले एक वर्षमा २३ करोड रुपैयाँको यार्सागुम्बा निर्यात गरेको छ ।

    नेपालले १० वटा विभिन्न देशमा ५४८ केजी यार्सागुम्बा २३ करोड ७५ लाख ३० हजार रुपैयाँको निर्यात गरेको हो ।

    गत आर्थिक वर्ष २०८१\०८२को वार्षिक तथ्याङ्क अनुसार चीनमा ३ करोड ८४ लाख ३९  हजारको निर्यात हुँदा सबैभन्दा धेरै हङकङमा १२ करोड ९३ लाख ८१ हजार रुपैयाँको निर्यात भएको छ । 

    जापानमा ४ लाख ५ हजार, मलेसियामा ६३ लाख ३४ हजार, रुसमा २ लाख ९५ हजार, सिंगापुरमा १करोड ८८ लाख ४१ हजार, बेलायतमा ५९ लाख ३१ हजार, अमेरिकामा १ करोड ५१ लाख ५ हजारको निर्यात हुँदा थाइल्याण्डमा भने जम्मा ६ हजार रुपैयाँको मात्र निर्यात भएको छ ।

    प्रकाशित मिति :श्रावण ६ २०८२ मंगलवार - १४:१६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij