२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाली महिलाहरूले प्रयोग गर्ने पोते विभिन्न १२ वटा देशहरूबाट आयात भएको छ ।
विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१\०८२ मा नेपाली महिलाहरूले प्रयोग गर्ने पोते मात्र २९ करोड ४६ लाख रुपैयाँ बराबरको आयात भएको छ ।
कुल ६ लाख ५ हजार केजी पोते आयात भएको हो । चीनबाट मात्रै ५ लाख २९ हजार केजी अर्थात २३ करोड ४२ लाखको पोते आयात भएको छ ।
यस्तै चेक रिपब्लिक, हङकङ, भारत, जापान, कोरिया, नेदरल्याण्ड, पाकिस्तान, टर्की, युक्रेन, अमेरिका र उज्बेकिस्तान जस्ता देशबाट पोते आयात भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij