२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले गत आर्थिक वर्ष २०८१\०८२ मा २० अर्ब ३५ करोड ७० लाख रुपैयाँको धान भारतबाट आयात गरेको छ ।
सार्वजनिक तथ्याङ्क अनुसार ५ लाख ३१ हजार १४४ टन भारतबाट धान आयत गरेको हो ।
उक्त धान भारतबाट आयात गर्दा सरकारले १ अर्ब ५२ करोड ७३ लाख ३८ हजार रुपैयाँ भन्सार महसुल सङ्कलन गरेको छ । चीनबाट भने २ हजार रुपैयाँ बराबरको १० केजी मात्रै आयात गरेको छ ।
गत आर्थिक वर्षको धान रोपाइँ बढे पनि असोज ११ र १२ गते गएको बाढी, पहिरो र डुबानले क्षति पुर्याउँदा धानको उत्पादन अपेक्षित बढ्न सकेको थिएन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij