Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

देशको व्यापार घाटा ६ प्रतिशतले बढेर १५ खर्ब नाघ्यो, कति भयो निर्यात ?

देशको व्यापार घाटा ६ प्रतिशतले बढेर १५ खर्ब नाघ्यो, कति भयो निर्यात ?


  • 1.2K
    Shares

    देशको व्यापार घाटा ६ प्रतिशतले बढेर १५ खर्ब नाघ्यो,  कति भयो निर्यात ?
    images

    काठमाडौं । गत आर्थिक वर्ष २०८१\८२ मा कुल २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष ०८०\८१ को तुलनामा १९.२४ प्रतिशतले बढी रहेको छ । 

    अघिल्लो वर्ष १७ खर्ब ४५ अर्ब ३६ करोड बराबरको कुल वैदेशिक व्यापार भएको थियो भने यो  वर्ष आयात १३.२५ प्रतिशतले बढेको छ । निर्यात ८१.८० प्रतिशतले बढेको विभागले जानकारी दिएको छ । 

    त्यसैगरी, २०८१/८२ मा १८ खर्ब ४ अर्ब १२ करोड बरबरको आयात भएको छ भने २  खर्ब ७७ अर्ब ३ करोड बराबरको निर्यात भएको छ  । अघिल्लो वर्ष १५ खर्ब ९२ अर्ब ९८ करोड बराबरको आयात भएको थियो भने १ खर्ब ५२  अर्ब ३८ करोड बराबरको निर्यात भएको थियो । 

    निर्यात ८० प्रतिशतले बढे पनि देशको व्यापार घाटा ६ प्रतिशतले बढेर १५ खर्ब नाघेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४० खर्ब ६० करोड रहेकोमा २०८१/८२ मा १५ खर्ब  २७ अर्ब ९ करोड बराबर व्यापार घाटा पुगेको छ  ।

    प्रकाशित मिति :श्रावण ६ २०८२ मंगलवार - ११:०३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij