Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सरकारको धेरै लगानी भएका १० सार्वजनिक संस्थान, कुनमा कति ?

सरकारको धेरै लगानी भएका १० सार्वजनिक संस्थान, कुनमा कति ?


  • 1.3K
    Shares

    सरकारको धेरै लगानी भएका १० सार्वजनिक संस्थान,  कुनमा कति ?
    images

    काठमाडौं ।  सरकारले सार्वजनिक संस्थानमा ३ खर्ब ९५ अर्ब १९ करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ । 

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ११८ संस्थानमा उक्त रकम बराबरको लगानी गरेको हो ।

    संस्थापक शेयरमा ३ अर्ब ७३ करोड ६६ लाख, अग्राधिकार शेयरमा ९ अर्ब ७९ करोड तथा अन्तर्राष्ट्रिय संस्थाको शेयरमा ११ अर्ब ७४ करोड बराबरको शेयर लगानी भएको छ भने नेपाल विद्युत् प्राधिकरणमा कुल १ खर्ब ८१ अर्ब ३३ करोड लगानी रहेको कार्यालयले जानकारी दिएको छ । 

    त्यसैगरी, नेपाल आयल निगममा १० अर्ब ९४ करोड, निक्षेप तथा कर्जा सुरक्षण कोषमा ९ अर्ब, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीमा १२ अर्ब ४७ करोड, अन्तर्राष्ट्रिय मुद्रा कोषमा ६ अर्ब ५९ करोड र नेपाल बैंक लिमिटेडमा ७ अर्ब ४९ करोड बराबरको शेयर लगानी रहेको छ ।

    साथै, नेपाल टेलिकममा १६ अर्ब ४७ करोड, राष्ट्रिय वाणिज्य बैंकमा १५ अर्ब ६३ करोड,  नेपाल नागरिक उड्डयन प्राधिकरणमा ६२ अर्ब ७४ करोड र कृषि विकास बैंकमा १३ अर्ब ३० करोड रुपैयाँ बराबरको शेयर लगानी रहेको छ । 

    capture_iYeKt81J0H.jpg

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - १६:५४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij