Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

रसुवा बाढी : करिब २९ करोडको बीमा दाबी

रसुवा बाढी : करिब २९ करोडको बीमा दाबी


  • 1.1K
    Shares

    रसुवा बाढी : करिब २९ करोडको बीमा दाबी
    images

    काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले रसुवामा गत असार २३ गते आएको भीषण बाढी पहिरोका कारण भएको क्षतिको दाबीको अध्यावधिक विवरण सार्वजनिक गरेको छ। 

    बढीपहिरोका कारण भन्सार यार्ड, आयात गरिएका जाँचपास भएका र हुन बाँकी गाडी तथा सामान सहितका कन्टेनर बगाएको थियो । साथै, ११ जनाको ज्यान गएको थियो भने १९ अझै बेपत्ता छन् ।

    प्राधिकरणका अनुसार, साउन १ गतेसम्म निर्जीवन बीमकहरूबाट प्राप्त क्षतिपूर्ती दाबी विवरण  कुल २८ करोड ९२ लाख ६० हजार रूपैयाँ बराबरको दाबी निवेदन प्राप्त भएको छ।

    शिखर इन्स्योरेन्सले सर्वाधिक १६ करोड  १२ लाख १० हजार, नेको इन्स्योरेन्सले ५ करोड १२ लाख, नेपाल इन्स्योरेन्सले १ करोड २८ लाख ५० हजार र सगरमाथा लुम्बिनीले ३ करोड ४१ लाख ५० हजार बराबरको दाबी निवेदन प्राप्त गरेको छ।

    सामुद्रिक बीमा अन्तर्गतको दाबी संख्या थोरै भएपनि सर्वाधिक रकमको दाबी परेको छ। कुल ६ वटा दाबी निवेदनबाट बीमितले १५ करोड ७० लाख १० हजार रूपैयाँ बराबरको क्षतिपूर्ती दाबी गरेका छन् ।

    इन्जिनियर तथा ठेकेदार जोखिम अन्तर्गत ४ वटा निवेदनमार्फत ५ करोड ५५ लाख रूपैयाँ क्षतिपूर्ती दाबी र सम्पत्ती बीमा अन्तर्गत १० वटा निवेदनमार्फत् ४ करोड १८ लाख ५० हजार रूपैयाँ क्षतिपूर्ती माग दाबी परेको छ।

     

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - १२:२७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij