Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

काँकरभिट्टा नाकाबाट २२ अर्ब १६ करोडको कृषिजन्य वस्तु निर्यात

काँकरभिट्टा नाकाबाट २२ अर्ब १६ करोडको कृषिजन्य वस्तु निर्यात


  • 1.2K
    Shares

    काँकरभिट्टा नाकाबाट २२ अर्ब १६ करोडको कृषिजन्य वस्तु निर्यात
    images

    काठमाडौं ।  प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८१\८२ मा रु २२ अर्ब १६ करोड ११ लाख ७२ हजार बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ ।  

    कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन् ।

    गत आर्थिक वर्षमा सबैभन्दा धेरै चिया रु नौ अर्ब ५५ करोड ८५ लाख, अलँैची रु छ अर्ब ५९ करोड २० लाख, प्लाइ तथा भेनियर रु तीन अर्ब ८५ करोड ७१ लाख, अम्लिसो रु एक अर्ब नौ करोड मूल्य बराबरको निर्यात भएको छ । 

    साथै, अदुवा रु २७ करोड २६ लाख, बन्दा रु आठ करोड ६० लाख, जडीबुटी रु नौ करोड १३ लाख, मसुरो दाल रु नौ करोड सात लाख बराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट रु तीन अर्ब ४६ करोड एक लाख ६६ हजार मूल्य बराबरको कृषिजन्य वस्तु आयात भएको छ । 

    आयत हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो रु १७ करोड ७० लाख ७२ हजार, चामल रु नौ करोड २७ लाख, ताजा तरकारी रु ३८ करोड ३२ लाख मूल्य बराबरको आयात भएको छ । 

    यसैगरी ताजा फलफूल रु ३८ करोड ११ लाख, लसुन रु ६४ करोड १५ लाख, आलु रु ७३ करोड ८६ लाख मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जानकारी दिएको छ ।

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - ११:४७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij