२०८२ माघ ७ गते बुधवार
काठमाडौं । श्रावण महिनालाई शिवभक्तहरूले विशेष महिना मानी सोमबार व्रत, पूजापाठ गर्छन्।
शिव पुराण अनुसार यस महिनामा शिवले कालकूट विष निलेका कारण यो समय शिव आराधनाका लागि अति शुभ मानिन्छ।
सोमबार व्रत गर्दा मनोकामना पूर्ण हुने, पाप नाश हुने र मानसिक शुद्धि प्राप्त हुने विश्वास गरिन्छ।व्रत तीन प्रकारका हुन्छ : निर्जला, फलाहार वा एक समयको सात्त्विक भोजन। ब्रह्म मुहूर्तमा स्नान गरी शुद्ध मनले शिवलिङ्गमा जल, दूध, बेलपत्र चढाएर पूजा गर्नुपर्दछ। ॐ नमः शिवाय जप, आरती, शिव चालिसा वा सोमबार कथा वाचन गरी व्रत सम्पन्न गरिन्छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij