Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

देशभर धार्मिक विधिपूर्वक तुलसीको बीउ राखियो (तस्बिरसहित)

देशभर धार्मिक विधिपूर्वक तुलसीको बीउ राखियो (तस्बिरसहित)


  • 1.0K
    Shares

    देशभर धार्मिक विधिपूर्वक तुलसीको बीउ राखियो (तस्बिरसहित)
    images

    काठमाडौं । ज्येष्ठ शुक्ल एकादशी अर्थात निर्जला एकादशीका अवसरमा आज देशभरका वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले आ-आफ्नो घरमा तुलसीको बीउ (दल) राखेका छन् ।

    धार्मिक परम्पराअनुसार आजको दिन तुलसीको बीउ रोप्ने गरिन्छ । आज राखिएको दलबाट उम्रिएका बिरुवालाई करिव एक महिनापछि अर्थात आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन विधिपूर्वक मठमा सार्ने प्रचलन रहेको छ । 

    हिन्दु संस्कृतिमा तुलसीलाई अत्यन्त पवित्र एवं औषधीय गुणयुक्त वनस्पतिका रूपमा पुजिने गरिन्छ । आजको दिन घरको मठमा बीउ राखी भगवान विष्णुको आराधना गर्ने र विशेष व्रत बस्ने धार्मिक महत्त्व समेत रहेको छ ।

    images
    प्रकाशित मिति :आषाढ ११ २०८३ बिहिवार - १२:०२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij