२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपालले आर्थिक वर्ष २०८१\८२ मा करिब १७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो आर्थिक वर्षमा भारत र बंलादेशमा गरी करिब १७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको जनाएको छ ।
नेपालले एक आर्थिक वर्षमा करिब १६.९ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात गरिएको थियो भने सरकारले नेपालमा नै विद्युत् उत्पादन वृद्धि गरी भारतबाट ठुलो परिणाममा आयात गर्ने विद्युत् कम गर्दै गएको छ ।
बुधबार ऊर्जा मन्त्रालय सम्हालेको एक वर्षमा ऊर्जा क्षेत्रमा गरेको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री दीपक खड्काले यस्तो बताएका हुन । उनले नेपाल सरकारले भारतसँग ९४१ मेगावाट विद्युत् निर्यात स्वीकृत गरी १००० मेगावाट आयात गर्न सकिने प्रबन्ध मिलाएको बताएका छन् ।
मन्त्रालयका अनुसार आर्थिक २०८१\८२ मा १७१२ गिगावाट घण्टा विद्युत् आयात गरिएको थियो भने २३३२ गिगावट घण्टा नेपालबाट भारतमा विद्युत् निर्यात गरिएको थियो ।
उक्त तथ्याङ्कका आधारमा आयात भन्दा निर्यात बढी गरेकाले जलविद्युतमा निर्यातकर्ता मुलुक बन्न सफल भएको छ । आर्थिक वर्ष २०८१\८२ मा नेपाल, भारत र बङ्गलादेशबिच त्रिपक्षीय सम्झौता भई बंलादेशसँग ४० मेगावाट विद्युत् डलर भुक्तानीमा निर्यात प्रारम्भ भएको छ ।
प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बंलादेशमा विद्युत् निर्यातबाट वार्षिक करिब १ अर्ब २५ करोड बराबरको आम्दानी गर्ने योजना सरकारको रहेको छ ।
एक आर्थिक वर्षमा विद्युत् खपत वृद्धि भएको छ । कुल आन्तरिक खपतमा आर्थिक वर्ष २०८०\८१ मा १२ हजार ७०१ गिगावाट घण्टा रहेकोमा आर्थिक वर्ष २०८१\८२ अन्तिमसम्म आउँदा ११ प्रतिशतले वृद्धि भएर १४ हजार ११५ गिगावाट घण्टा पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij