Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कैलाली भन्सारले एक वर्षको अवधिमा उठायो ८ अर्ब ६६ करोड राजस्व

कैलाली भन्सारले एक वर्षको अवधिमा उठायो ८ अर्ब ६६ करोड राजस्व


  • 2.0K
    Shares

    कैलाली भन्सारले एक वर्षको अवधिमा उठायो ८ अर्ब ६६ करोड राजस्व
    images

    काठमाडौं ।  कैलाली भन्सार कार्यालय धनगढीले ८ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०८१\८२ को साउनदेखि असार मसान्तसम्मको एक वर्षको अवधिमा सो राजस्व सङ्कलन गरेको हो ।

    आर्थिक वर्ष २०८१\८२ मा कार्यालयको रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा ८ अर्ब ६६ करोड ९८ लाख अर्थात् ७७.६७ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको भन्सार कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालले जानकारी दिएका छन् ।

    उनका अनुसार भन्सार महसुलतर्फ रु तीन अर्ब २३ करोड ९९ लाख, मूल्य अभिवृद्धि करतर्फ रु तीन अर्ब २३ करोड १५ लाख, अन्तःशुल्कतर्फ रु २१ करोड ४४ लाख र अन्यतर्फ रु एक अर्ब ९८ करोड ३९ लाख राजस्व सङ्कलन भएको छ ।

    सूचना अधिकारी अर्यालका अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनमा ५७ करोड ५० लाख, भदौमा ५३ करोड ८४ लाख, असोजमा ६७ करोड २४ लाख, कात्तिकमा  ६२ करोड ७८ लाख, मङ्सिरमा ८१ करोड १३ लाख र पुसमा ६५ करोड ८७ लाख राजस्व सङ्कलन भएको छ ।

    माघमा ७३ करोड दुई लाख, फागुनमा  ७२ करोड ७६ लाख, चैतमा ७८ करोड १४ लाख, वैशाखमा  ८१ करोड ८० लाख, जेठमा ८७ करोड १३ लाख र असारमा ८५ करोड ६९ लाख राजस्व सङ्कलन भएको उनले जानकारी दिएका छन् ।

    कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०\८१ मा पनि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेको थिएन । अघिल्लो आर्थिक वर्षमा  ११ अर्ब ५८ करोड २४ लाख वार्षिक राजस्व सङ्कलनको लक्ष्य रहेकामा ७ अर्ब ९१ करोड ८० लाखमात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिएका छन् ।

    प्रकाशित मिति :श्रावण २ २०८२ शुक्रवार - १४:०५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij