२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०८१\८२ को एक वर्षे विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले विगत ६ वर्षकै बढी प्रगति हासिल गरेको छ ।
मन्त्रालयले मङ्गलवार एक वर्षे विवरण सार्वजनिक गर्दै सडक, रेल र यातायात व्यवस्थापनका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको जनाएको हो ।
मन्त्री दाहालले यो वर्षको सुरुमा मन्त्रालय कार्यसम्पादन कमजोर भए पनि एक वर्ष पूरा हुँदा राम्रै प्रगति हासिल गरेको बताएका छन् । मन्त्रालयको पुँजीगत खर्च ७६.४१ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार यो एक वर्षभित्र सबैभन्दा ठुलो उपलब्धिका रूपमा हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।
यो अवधिमा १३० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएकोमा १३२ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ। १५० वटा पक्की पुल निर्माणको लक्ष्यमा १०५ वटा पुल र १० वटा बेलीब्रिज जडान कार्य सम्पन्न भएको छ।
मन्त्रालयले रुग्ण आयोजनाहरूको व्यवस्थापनलाई प्राथमिकता दिएको छ। अध्ययनबाट पहिचान भएका ५८६ रुग्ण ठेक्कामध्ये १२० वटा ठेक्का तोडिएको र १५१ वटाको समाधान प्रक्रिया अघि बढाइएको मन्त्रालयले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij