Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

चैतसम्म विकास खर्च ५० प्रतिशत नपुर्‍याए भुक्तानी रोक्ने

चैतसम्म विकास खर्च ५० प्रतिशत नपुर्‍याए भुक्तानी रोक्ने


  • 2.3K
    Shares

    चैतसम्म विकास खर्च ५० प्रतिशत नपुर्‍याए भुक्तानी रोक्ने
    images

    काठमाडौं ।  विकासका कार्यक्रमले पुससम्म ३० प्रतिशत र चैतसम्म कम्तीमा ५० प्रतिशत विकास खर्च गरिसक्नुपर्ने भएको छ । 

    अर्थ मन्त्रालयले जारी गरेको मार्गदर्शनमा दोस्रो त्रैमासिकभित्र ३० प्रतिशत र तेस्रो त्रैमासिकमा ५० प्रतिशत खर्च गरिसक्नुपर्ने व्यवस्था गरेको हो । 

    उक्त खर्च भएमा मात्र सरकारले भुक्तानी दिने भएको छ । तोकिएको समयमा भन्दा कम भुक्तानी भएको अवस्थामा सम्बन्धित मन्त्रालयको सचिवले अर्थ मन्त्रालयमा प्रतिबद्धता व्यक्त गरेपछि मात्र भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । 

    सम्बन्धित निकायबाट आयोजनाको ठेक्का स्वीकृत भएका आयोजनामा बिल अनुसारको भुक्तानीका लागि मन्त्रालयसम्म पुग्नु पर्दैन । तोकिएको भन्दा कम खर्च गर्ने निकायका लागि त्यस्तो खर्चको निकासा यस्तो प्रतिबद्धता व्यक्त गर्नुपर्ने व्यवस्था गरिएको छ ।

     

    प्रकाशित मिति :श्रावण २ २०८२ शुक्रवार - १२:००:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij