२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०८१\८२ मा ३११ चार्जिङ स्टेसन थप गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको एक वर्षको उपलब्धिमा ३११ चार्जिङ स्टेसन थप भएको उल्लेख गरिएको हो ।
मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षसम्म देशभर प्राधिकरणले जडान गरेको करिब १ हजार २ सय चार्जिङ स्टेसन थिए भने वर्तमान सरकार बनेर ऊर्जा मन्त्री दीपक खड्का आएसँगै पछिल्लो एक आर्थिक वर्षमा ३११ चार्जिङ स्टेसन थप गरी देशभर १ हजार ५११ चार्जिङ स्टेसन जडान भएका छन् ।
विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भएसँगै मुख्य सडक मार्ग तथा सहरी क्षेत्रमा चार्जिङ स्टेसन निर्माण तीव्र रूपमा बढेको छ ।
प्राधिकरणका अनुसार जथाभाबी रूपमा चार्जिङ स्टेसन निर्माण गर्ने कार्य बढेको भन्दै प्राधिकरणले ट्रान्सफर्मर ११ हजार भोल्टेजको विद्युत् लाइन दिन कडाइ गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij