२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन बिहीबारदेखि कर्मचारीको महँगी भत्ता मासिक ५ हजार पुगेको छ ।
अर्थ मन्त्रालयले सबै सरकारी निकायलाई परिपत्र गर्दै बजेटको व्यवस्था अनुसार कर्मचारीको महँगी भत्ता पाँच हजार पुर्याउन निर्देशन दिएको हो ।
‘आर्थिक वर्ष २०८२\८३ को बजेट वक्तव्यको बुँदा नं. ३४९ बमोजिम सबै राष्ट्रसेवकहरूका लागि साउन १ गते देखि लागू हुने गरी महँगी भत्ता बापत मासिक पाँच हजार रुपैयाँ भुक्तानी गर्ने व्यवस्था मिलाउनु हुनेछ ’ मार्गदर्शनको बुँदा नम्बर ६८ मा भनिएको छ ।
चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब वृद्धिको सट्टा महँगी भत्ता बढाएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij