२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। इन्स्योरेन्सले आगामी साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको हो । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको छ। इन्स्योरेन्सले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७।७६ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ।
हकप्रद शेयर निष्काशनमा जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्ने छन्। इन्स्योरेन्सको हकप्रद शेयरमा साउन २६ गतेसम्म आवेदन दिन सकिने छ।
शेयरधनीहरुले बिक्री प्रबन्धकका केन्द्रिय कार्यालय र शाखा कार्यालयहरुका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्ने छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij