Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

नयाँ सुकुमबासी पनि नाम टिपाउन पुगे रंगशाला

नयाँ सुकुमबासी पनि नाम टिपाउन पुगे रंगशाला


  • 141
    Shares

    नयाँ सुकुमबासी पनि नाम टिपाउन पुगे  रंगशाला

    काठमाडौं । संघीय सरकार र काठमाडौं महानगरपालिकाले सुकुमबासी बस्तीमा धमाधम डोजर चलाएर बस्ती हटाउन थालेपछि सुकुमबासीहरु नाम टिपाउन थालेका छन् । शनिबारदेखि दशरथ रंगशालामा सुकुमबासी बस्तीका स्थानीयहरूले नागरिकता सहित नाम टिपाइरहेका छन् । 

    तर यहाँ रोचक तथ्य के खुलेको छ भने सुकुमबासी बस्तीमा डोजर चलाइएको घर बाहेक अन्य सुकुमबासीहरु पनि रंगशालामा नाम टिपाउन पुगेका छन् ।

    ‘काठमाडौंमा कोठामा बसोबास गरिरहेका तर कतै पनि घरजग्गा नभएको दाबी सहित केहि मान्छेहरू आएको पाइएको छ । हामीले अब तपाँई सुकुमबासी होइन भन्ने मिल्ने स्थिति पनि छैन । त्यही भएर नाम चाहिँ टिपेका छौँ,’ रंगशालामा रहेका एक कर्मचारीले भने । 

    उनका अनुसार वास्तविक सुकुमबासी पहिचान र परीक्षण हुने भएकोले अहिले नै हो, होइन भन्ने अवस्था नरहेकोले सोचेभन्दा धेरै सुकुमबासीहरु रंगशालामा पुगेका छन् ।

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - १६:४९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij