२०८३ बैशाख ९ गते बुधवार
काठमाडौं । आकर्षक बोनसदर सहित विगत ३९ वर्षदेखी जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना प्रस्तावकहरुलाई आवश्यक पर्ने मेडिकल रिपोर्टका लागि छिटो छरितो र सर्वसुलभ सेवा प्रदान गर्ने तथा कर्मचारीहरुलाई सहुलियत दरमा स्वास्थोपचार सेवा उपलव्ध गराउने गरी मिति २०८३/०१/०९ गते, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. र ग्राण्डी इन्टरनेशनल हस्पिटल बिच मेडिकल सेवा सम्वन्धमा सम्झौता भएको छ ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छको समुपस्थितिमा सो हस्पिटलको तर्फबाट चिफ अपरेटिङ अफिसर श्री अमृत खन्ना र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडवीच कम्पनीको लाजिम्पाट स्थित केन्द्रिय कार्यालयमा एक समारोहमा सम्झौता हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुरुप कम्पनीको बीमालेख खरिद गर्न चाहने प्रस्तावकलाई आवाश्यक पर्ने मेडिकल जाँचको लागि सहुलियत दरमा छिटो छरितो सेवा प्रवाह गरी मेडिकल रिपोर्ट प्रदान गर्ने र कम्पनीमा कार्यरत कर्मचारीहरुलाई १० प्रतिशत छुट सुविधा सहित सहुलियत दरमा स्वाश्थोपचार सुविधा उपलव्ध गराउने व्यवस्था गरिएको छ । यस प्रकारको सम्झौताबाट कम्पनीका सरोकारवाला वर्गहरुले लाभ उठाउन सक्ने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij