२०८३ बैशाख १३ गते आइतवार
रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले बुबाको हत्या गरेका छन् । घरायसी झगडामा कञ्चन गाउँपालिका वडा नं ४ बेलडाँडा निवासी २४ वर्षिय सुनिल थारुले ५८ वर्षिय बुबा जंगबहादुर थारुलाई आइतबार दिउँसो घरकै आँगनमा हातले घाँटी अठ्याइ बेहोस पारेर फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी गणेश सापकोटाले जनाएका छन् ।
प्रहरीले सुनिललाई पक्राउ गरी आज अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । कञ्चन गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्ष केशरबहादुर खत्रीले घर बनाउने काम गर्ने यो परिवारको माइलो छोरा सुनिल भएको र उनको बिहे नभएको जनाए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij