Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

९ महिनामा निर्जीवन बीमकको कुल व्यापार साढे ३६ अर्ब माथि, कुन कम्पनीले कति गरे संकलन ?

९ महिनामा निर्जीवन बीमकको कुल व्यापार साढे ३६ अर्ब माथि, कुन कम्पनीले कति गरे संकलन ?


  • 547
    Shares

    ९ महिनामा निर्जीवन बीमकको कुल व्यापार साढे ३६ अर्ब माथि, कुन कम्पनीले कति गरे संकलन ?

    काठमाडौं । आर्थिक वर्ष २०८२\८३ को चैत महिनासम्ममा नेपालका १४ निर्जीवन बीमा कम्पनीहरूले कुल साढे ३६ अर्ब माथि बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार यी कम्पनीहरुले यस अवधिसम्म २२ लाख ९ हजार ९८६ वटा बीमा पोलिसी बिक्री गरी कुल ३६ अर्ब ५८ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

    सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३ अर्ब ८३ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । 

    हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३ अर्ब ७४ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३ अर्ब १२ करोड, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३ अर्ब १० करोड, एनएलजी इनस्योरेन्स कम्पनीले ३ अर्ब १ करोड, नेको इन्स्योरेन्स कम्पनीले २ अर्ब ७२ करोड र यूनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ५६ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ ।

    त्यसैगरी नेपाल इन्स्योरेन्सले १ अर्ब ६६ करोड, प्रभु इन्स्योेरेन्स कम्पनीले १ अर्ब ३६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १४ करोड, नेशनल इन्स्योरेन्सले ९८ करोड १२ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले २ अर्ब ४२ करोड र सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले २ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ ।  ।

    images
    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - १४:१३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij