Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

७ जना नेपाली इरानबाट आज नेपाल फर्किँदै

७ जना नेपाली इरानबाट आज नेपाल फर्किँदै


  • 1.6K
    Shares

    ७ जना नेपाली इरानबाट आज नेपाल फर्किँदै

    काठमाडौं । भारतको सहयोगमा इरानबाट उद्धार गर्ने क्रममा थप ७ नेपाली बुधबार स्वदेश फर्किँदैछन् । इरानको मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो चार जना र अपराह्न थप ३ जना फर्किन लागेको त्यहाँ रहेका एक नेपालीले  जानकारी दिए ।

    उनका अनुसार, दिउँसो दिल्ली हुँदै फर्कनेमा सागर पौडेल, बुद्धि भुसाल, गायत्री कार्की र उनका छोरा उत्सव थापा छन् ।बाँकी यज्ञ मरासिनी, राजु खनाल र विष्णुप्रसाद भुसाल साँझ फर्किने छन् ।

    उनीहरू मंगलबार नै फर्किने तयारी भए पनि एक्जिट परमिट नहुँदा रोकिएका थिए । परमिट भएका बुटवलका सुमन गैरे र गणेश पोखरेल चाहिँ मंगलबार नै फर्किएका थिए । उनीहरूलाई दिल्लीस्थित नेपाली दूतावासले विमानस्थलमा स्वागत गरेको थियो ।

    भारतीय दूतावासको सहयोगमा उद्धार गरिने भएपछि उनीहरू आफू बसेको स्थानबाट बसमा यात्रा गरेर मसहदस्थित विमानस्थलसम्म आइतबार पुगेका थिए ।

    फिर्ता आउन लागेका नेपालीहरू कोही दूतावास त कोही रेष्टुरेन्टमा काम गर्दै आएका थिए । सरकारले इजरायलमा रहेर स्वेदश फर्किन चाहने नेपालीलाई समेत उद्धार गर्ने तयारी गरिरहेको छ ।

    प्रकाशित मिति :आषाढ ११ २०८२ बुधवार - १४:१८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij