Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

देशको व्यापार घाटा करीब १४ खर्ब, निर्यातमा ७७ प्रतिशतले बढ्यो

देशको व्यापार घाटा करीब १४ खर्ब, निर्यातमा ७७ प्रतिशतले बढ्यो


  • 1.4K
    Shares

    देशको व्यापार घाटा  करीब १४ खर्ब,  निर्यातमा ७७ प्रतिशतले बढ्यो

    काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिना (जेठ मसान्तसम्म) को अवधिमा निर्यात ७७ प्रतिशत र आयात १३ प्रतिशतले बढेको छ ।

    विभागले सार्वजनिक गरेको तथ्यांकले आयात र निर्यातमा वृद्धि भएको देखाएको छ । 

    चालु आर्थिक वर्ष २०८१/८२ को जेठसम्ममा १८ खर्ब ९२ अर्ब ३६ करोड बराबरको वैदेशिक व्यापार भएको छ भने यो अघिल्लो वर्षको तुलनामा १८.८० प्रतिशतले बढी रहेको छ  । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो ।  

    समीक्षा अवधिमा १ खर्ब ७ अर्ब ६८ करोड रुपैयाँको पाम तेल तथा प्रशोधित तेल निर्यात भएको छ  । २६ अर्ब ४८ करोड रुपैयाँको धागो,१३ अर्ब ३ करोडको तयारी कपडा, १२ अर्ब ४४  करोडको चियाकफी र मसलाजन्य वस्तु निर्यात भएको छ । 

    ११ अर्ब १५ करोड रुपैयाँको गलैँचा, ८ अर्ब ५९ करोड रुपैयाँको काठ तथा काठजन्य वस्तु, ७  अर्ब ५१ करोड रुपैयाँको पशुजन्य आहार, ७ अर्ब २६ करोडको फलफूलका बोट बिरुवा निर्यात भएको छ ।

    कुल वैदेशिक व्यापारमध्ये १६ खर्ब ४४ अर्ब ७९ करोड बराबरको वस्तु आयात भएको छ भने २ खर्ब ४७ अर्ब ५७ करोड बराबरको वस्तु निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख  गरीएको छ । अघिल्लो वर्षको तुलनामा ७७.७७ प्रतिशतले निर्यात बढेको छ । १३.१५ प्रतिशतले आयात बढेको छ । 

    सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ, खाने तेल, बोइलिङ मेशिन, इलेक्ट्रिकल मेशिन, सवारीसाधन,फलाम तथा फलामजन्य वस्तु आयात भएको देखिन्छ । २ खर्ब ९५ अर्ब ९३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको विभागको तथ्याङ्कमा उल्लेख    गरीएको छ । 

     

     

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - १४:००:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij