Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मारुती सिमेन्टले ९ महिनामा गर्‍यो ४ अर्बको व्यापार

मारुती सिमेन्टले ९ महिनामा गर्‍यो ४ अर्बको व्यापार


  • 1.4K
    Shares

    मारुती सिमेन्टले ९ महिनामा गर्‍यो ४ अर्बको व्यापार
    images

    काठमाडौं ।  मारुती सिमेन्ट कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीको कुल कारोबार ३ अर्ब ९८ करोड ५० लाख रुपैयाँ पुगेको छ । 

    गत वर्ष कम्पनीले ४ अर्ब ७५ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने यो अघिल्लो वर्षको तुलनामा ९.५३ प्रतिशत धेरै रहको छ । 

    हाल कम्पनीसँग दैनिक १५ सय मेट्रिक टन क्लिंकर र २ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ । यस क्षमतालाई थप विस्तार गर्दै क्लिंकर उत्पादन क्षमता दैनिक १८ सय मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता ४ हजार मेट्रिक टन पु¥याउने लक्ष्य लिएको कम्पनीले जानकारी दिएको छ । 

    कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि कुल ६ अर्ब ४९ करोड ६० लाख रुपैयाँको क्रेडिट रेटिङ गराएको छ  भने ३ अर्ब ९० करोड २८ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि र २ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि छुट्याइएको छ ।

    मारुती सिमेन्टले गुणस्तरीय उत्पादन, व्यापक वितरण सञ्जाल र दीर्घकालीन व्यापार रणनीतिमार्फत आफ्नो उपस्थिति थप बलियो बनाउँदै आएको छ । 

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - १२:५१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij