Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कर्णालीले ७९ स्थानीय तहलाई दियो ४ अर्ब ५९ करोड, कुन पालिकालाई कति ?

कर्णालीले ७९ स्थानीय तहलाई दियो ४ अर्ब ५९ करोड, कुन पालिकालाई कति ?


  • 1.6K
    Shares

    कर्णालीले ७९ स्थानीय तहलाई दियो ४ अर्ब ५९ करोड, कुन पालिकालाई कति ?

    काठमाडौं ।  कर्णाली प्रदेशले आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेशभित्रका ७९ वटा स्थानीय तहलाई ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत सो बराबरको वित्तीय हस्तान्तरण गर्न लागिएको हो ।

    प्रदेशले चार प्रकारका अनुदान शीर्षकमा सो बराबरको रकम बाँडफाँड गरेको हो । यसमध्ये समानीकरण अनुदानतर्फ ९५ करोड रुपैयाँ, सशर्त अनुदानतर्फ २ अर्ब ५१ करोड ७२ लाख ४१ हजार रुपैयाँ, विशेष अनुदानतर्फ ३६ करोड ८० लाख रुपैयाँ र समपूरक अनुदानतर्फ ७६ करोड ४६ लाख रुपैयाँ रहेका छन् ।

    प्रदेशका स्थानीय तहमध्ये राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा धेरै बजेट पाएको छ । सो नगरपालिकालाई ४० करोड ९५ लाख ८९ हजार बजेट विनियोजन भएको छ ।

    कुन अनुदानमा को अगाडि ? 

    प्रदेशले दिने अनुदानमध्ये यसपटक समानीकरण अनुदान वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा धेरै पाएको छ । सो नगरपालिकाले सूत्रमा आधारित र कार्यसम्पादन समेत गरी कुल ३ करोड ३४ लाख ५३ हजार समानीकरण अनुदान पाएको हो ।

    यो अनुदान स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा दिइन्छ । तोकिएका आयोजनाका लागि दिइने सशर्त अनुदानमा पनि वीरेन्द्रनगर नगरपालिका नै अगाडि छ । उसले कुल ३७ करोड ६१ लाख ३६ हजार सशर्त अनुदान पाएको देखिन्छ । 

    यसमध्ये वीरेन्द्रनगरको खानेपानीका लागि मात्रै २० करोड ७० लाख रुपैयाँ पठाइएको छ । ल्यान्डफिल्ड साइटसम्म पहुँचमार्गका लागि डेढ करोड छुट्याइएको छ ।  विशेष अनुदानतर्फ सुर्खेतको बराहताल गाउँपालिकाले सबैभन्दा धेरै १ करोड १४ लाख रुपैयाँ प्राप्त गरेको छ। यो रकम विशेष प्रकृतिका कार्यक्रम र पिछडिएका क्षेत्रका लागि दिइने अनुदान हो । 

    त्यस्तै, पूर्वाधार विकासमा प्रदेश र स्थानीय तहको लागत साझेदारीमा दिइने समपूरक अनुदानमा जाजरकोटको कुसे गाउँपालिकाले सबैभन्दा धेरै ३ करोड २७ लाख रुपैयाँ पाएको छ।

     

    प्रकाशित मिति :आषाढ ६ २०८२ शुक्रवार - १२:२४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij