२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । सीडीएससीको तथ्यांकअनुसार आजसम्म शेयर कारोबारका लागि अत्यावश्यक ‘मेरो शेयर’को सक्रिय प्रयोगकर्ता ४१ लाख नाघेको छ।
तथ्यांकअनुसार आजसम्म सक्रिय मेरो शेयर प्रयोगकर्ता ४१ लाख २ हजार ४०९ पुगेको छ भने मेरो शेयर लिनको संख्या भने ५८ लाख ८२ हजार २२८ रहेको छ।
डिम्याट खाता खोल्नेको संख्या ६८ लाख १८ हजार ४३९ पुगेको छ भने डिम्याट खातामा विभिन्न सूचीकृत कम्पनीका १४ अर्ब २४ करोड ७६ लाख २९ हजार ५७ कित्ता शेयर रहेको सीडीएससीको तथ्यांकमा देखिएको छ।
हालसम्म सीडीएससीमा सूचीकृत शेयर संख्या १४ अर्ब ६१ करोड ५७ लाख २१ हजार ६९ कित्ता रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij