२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । रूसले युक्रेनमाथि ४० वटा मिसाइल र ४०० वटाभन्दा बढी ड्रोन हमला गरेको छ।
शुक्रबार रूसले गरेको यो हमलाले कम्तीमा चार जना मारिएको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ। रूसको आक्रमणबाट कयौं मानिसहरू घाइते समेत छन्।
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रूसले युक्रेनका अधिकांश ठाउँमा ४०० भन्दा बढी ड्रोन र ४० वटाभन्दा बढी मिसाइल प्रहार गरेको बताएका छन्।
३० वटा मिसाइल र २०० वटा ड्रोन आक्रमणको प्रतिवाद समेत गरेको बिबिसीले जनाएको छ। यो आक्रमणपछि जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै रूस कहिल्यै नबदलिने पनि उल्लेख गरे। आक्रमणबाट सहरका भवन र मेट्रो ट्र्याकहरू पनि भत्किएका छन्।
यसअघि युक्रेनले पनि आइतबार ठूलो संख्यामा ड्रोनहरू प्रयोग गरी रूसमाथि हमला गरेको थियो। उसले आफ्नो भूमिबाट हजारौं किलोमिटर टाढा रहेका रूसी सेनाका चार हवाई अड्डामा आक्रमण गरेको थियो।
यस क्रममा रूसका ४१ वटा विमान (टियू-९५, टियू-२२ र ए-५०) ध्वस्त पारिएको युक्रेनको दाबी छ। यीमध्ये टियू-९५ र टियू-२२ रूसका बमवर्षक विमान ९बम्बर० हुन्। बमवर्षक विमान भनेका लडाकू विमान (फाइटर जेट) भन्दा ठूला हुन्छन्। यसले धेरै भारी बोक्न सक्छ र टाढासम्म उड्न सक्छ।
युक्रेनले रूसमाथिको पछिल्लो हमलालाई ुइस्पाइडर्स वेबु नाम दिएको छ। युक्रेनको गुप्तचर संस्था एसबियूले १८ महिनाभन्दा लामो योजनाअनुसार आइतबार उक्त हमला गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका थिए। उनको प्रत्यक्ष निगरानीमा अति गोप्य ढंगले योजना कार्यान्वयन गरिएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij