Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

ऊर्जा स्थलमा हमला भए पूर्णरुपमा बन्द गर्ने इरानले दियो यस्तो चेतावनी

ऊर्जा स्थलमा हमला भए पूर्णरुपमा बन्द गर्ने इरानले दियो यस्तो चेतावनी


  • 330
    Shares

    • images
    ऊर्जा स्थलमा हमला भए   पूर्णरुपमा बन्द गर्ने इरानले दियो यस्तो चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको २४ घण्टे अल्टिमेटमको बीचमा इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले चेतावनी दिएको छ। 

    यदि अमेरिकाले आफ्ना ऊर्जा केन्द्र वा पावर प्लान्टहरूमा हमला गरेमा रणनीतिक रूपमा महत्त्वपूर्ण 'होर्मुज स्ट्रेट' पूर्ण रूपमा बन्द गरिदिने उसले घोषणा गरेको हो।

    गार्डले इरानी सञ्चारमाध्यममार्फत जारी गरेको बयानमा भनिएको छ, 'यदि इरानको ऊर्जा ठेगानाहरूमा हमला भयो भने, होर्मुज स्ट्रेट तबसम्म खोलिने छैन जबसम्म हाम्रा ध्वस्त भएका पावर प्लान्टहरू पुनः निर्माण हुँदैनन्।' यस्तै इरानले जवाफी कारबाही स्वरूप इजरायलका पावर प्लान्ट, ऊर्जा केन्द्र र सूचना प्रविधि क्षेत्रमा व्यापक हमला गर्ने चेतावनी पनि दिएको छ। इरानले अमेरिकी साझेदारी रहेका सबै कम्पनीहरू र अमेरिकी सैन्य अखडा रहेका देशका पावर प्लान्टहरू पनि आफ्ना लागि वैध निशाना हुने स्पष्ट पारेको छ।

     इरानका विदेशमन्त्री अब्बास अराग्चीले अहिले होर्मुज स्ट्रेट आधिकारिक रूपमा बन्द नगरिएको दाबी गरेका छन्। सामाजिक सञ्जाल 'एक्स' मा लेख्दै उनले भनेका छन्, 'होर्मुज स्ट्रेट बन्द छैन। यस मार्गबाट जहाजहरू चल्न हिचकिचाउनुको कारण तेलका जहाजहरूको बीमा गर्ने कम्पनीहरूमा फैलिएको डर हो। यो 'वार अफ च्वाइस' (इच्छाको युद्ध) अमेरिका र इजरायलले सुरु गरेका हुन्, इरानले होइन।' उनले व्यापार गर्ने स्वतन्त्रता विना समुद्री मार्गमा आवतजावतको स्वतन्त्रताको कुनै अर्थ नहुने भन्दै अमेरिकालाई सम्मान गर्न आग्रह गरे । 

    इरानका राष्ट्रपति मसूद पेजेस्कियानले पनि अमेरिकी धम्कीको कडा प्रतिवाद गरेका छन्। उनले इरानलाई नक्साबाट मेटाउने कुरा गर्नेहरूले इरानको ऐतिहासिक शक्तिलाई नबुझेको बताए। 'धम्की र आतंकले हाम्रो एकतालाई अझ मजबुत बनाउँछ। होर्मुज स्ट्रेट हाम्रो जमिनको उल्लंघन गर्नेहरू बाहेक सबैका लागि खुला छ,' उनको भनाइ छ ।

    विश्वको २० प्रतिशत तेल आपूर्ति हुने होर्मुज स्ट्रेटमा इरानले अवरोध गरेपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अत्यधिक बढेको छ। यही कारणले ट्रम्पले २१ मार्चमा ४८ घण्टाको समयसीमा दिँदै इरानको सबैभन्दा ठूलो पावर प्लान्ट ध्वस्त पार्ने चेतावनी दिएका थिए । 

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - १०:४५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij